
सुनाखरी न्युज/ काठमाडौं ।
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ हजार ३ सय र चाँदी तोलामा १ सय ५० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९४ हजार ७ सय र त्यति नै परिमाणको सेतो धातुको ४ हजार ८ सय ७५ कायम भएको छ ।
बुधबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९९ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार २५ कायम भएको थियो । गत मंगलबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९१ हजार ८ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८ सय २० रुपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७ सय १३ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस