
सुनाखरी न्युज/ काठमाडौं ।
सेयर बजारले बुधबार २८ सय अंक नाघेको छ । अघिल्लो दिन २.६१ अंक घटेको बजार आज ४५.१२ अंक बढेको हो । सो वृद्धिपछि नेप्से परिसूचक २८०२ अंकमा कायम भएको छ । बन्द हुँदाको यो अंक नै कारोबार अवधिभरको अधिकतम हो ।
कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ६ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३१ करोडको भयो । २५१ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने २ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.८७ प्रतिशत बढ्यो ।
। आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्६, एनआरएन इन्फ्रास्ट्रक्चर र नेसनल हाइड्रोपावर छन् ।