
सुनाखरी न्युज/ काठमाडौं ।
चर्चित गायिका इन्दिरा जोशी आमा बन्ने भएकी छिन् । टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उनले बेबी बम्प देखिने फोटो र भिडियो सार्वजनिक गर्दै प्रशंसकलाई यसबारे जानकारी दिएकी हुन् । टिकटकमा उनी लेख्छिन्, ‘नयाँ आशीर्वादहरू चाँडै आउँदैछन् ।
जीवनको नयाँ चरणमा प्रवेश गर्दै ।’ उनलाई कलाकार र प्रशंसकले सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् । ०७९ जेठ ३१ गते फेसन डिजाइनर शरद केडियासँग इन्दिरा विवाह बन्धनमा बाँधिएकी थिइन् ।