
सुनाखरी न्युज/ काठमाडौं ।
स्थानीय बजारमा बुधबार ( चैत २५ ) सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७२ सय रुपैयाँले वृद्धि भएको हो।
नयाँ मूल्यअनुसार अब उपभोक्ताले एक तोला सुन खरिद गर्न २ लाख ९९ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २०५ रुपैयाँले वृद्धि भई ५ हजार २५ रुपैयाँ पुगेको छ।
हिजो चाँदीको मूल्य ४ हजार ८२० रुपैयाँ रहेको थियो।