
सुनाखरी न्युज/ काठमाडौं ।
कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् ।
उनलाई अदालतमा म्यादका लागि उपस्थित गराइएकोमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो । बलेलाई अमेरिकाबाट एकजना युवतीले लेखेको फेसबुक स्टाटसको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
युवतीबाट जाहेरी नआएकाले लम्सालविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन ।