२०८३ बैशाख १० , बिहिवार

गृहमन्त्री सुदन गुरुङ रोशीखोला र बीपी राजमार्ग अनुगमनमा जाँदै

sudan gurung

 

सुनाखरी न्युज/ काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने भएका छन् । गृहमन्त्री गुरुङसहितको टिम केहीबेरमा काठमाडौंबाट काभ्रे प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि उनले उक्त क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लागेका हुन् ।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अध्ययन गर्नेछन् ।

बर्खा सुरु हुनुअघि नै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना तथा समन्वयका विषयमा सम्बन्धित निकायलाई निर्देशन दिने अपेक्षा गरिएको छ ।