२०८३ बैशाख १० , बिहिवार

पेट्रोलियम पदार्थको आयातमा लाग्ने भन्सार महसुल कर ५० प्रतिशत छुट

Oil

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।

 

उनका अनुसार, सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकबाट भएको छ ।

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यवहारिक देखिएको पनि उनले बताइन् ।