२०८३ बैशाख १० , बिहिवार

४ सय रुपैयाँले बढ्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?

Gold High

 

सुनाखरी न्युज/ काठमाडौं ।

स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन २ हजार ६ सय रुपैयाँले घट्दै २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढ्दै २ लाख ९१ हजार ८ सय रुपैयाँमा पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि आज तोलामा ४० रुपैयाँले बढ्दै ४ हजार ८२० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।