
सुनाखरी न्युज/ काठमाडौं ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
‘राति सुत्ने बेला असहज भएपछि अस्पताल ल्याइएको थियो । अस्पताल ल्याई पुर्याउँदा प्रेसर उच्च थियो,’ डा. गजुरेलले भने, ‘पेटमा ग्यास पनि भरिएको थियो ।
’डा. गजुरेलका अनुसार अहिले उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य छ ।‘कतिपय परीक्षण गरिएका रिपोर्ट नर्मल आएका छन्, केही परीक्षणका रिपोर्ट आउन बाँकी छ,’ उनले भने ।