२०८३ बैशाख १० , बिहिवार

नेपाल सुनचाँदी ब्यवसायी महासंघको गण्डकी प्रदेशको साधारणसभा सम्पन्न

ccc

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष गण्डकी प्रदेशको पाँचौ तथा छैटौं साधारणसभा ऐतिहासिक पर्यटकिय क्षेत्र बन्दीपुरमा अध्यक्ष चन्द्र किशोर गौतमको सभापतित्वमा सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल सुनचाँदी ब्यवसायी महासंघका बिशिस्ट सदस्य मोहन कुमार सुनारको प्रमुअ आतिथ्यतामा गण्डकी प्रदेशका ९ वटा जिल्ला संघका प्रतिनिधि पर्यवेक्षकहरुको उपस्थितिमा भएको थियोे ।
कार्यक्रममा प्रदेश स्तरीय सुनचाँदी युगल ब्यटमिन्टन प्रतियोगिता राख्ने लमजुङ सुनचाँदी ब्यवसायी संघलाई प्रशंसाा पत्र द्वारा सम्मान गरिएको थियो भने प्रथम द्वितीय तृतीय टोलिहरस क्रमशः नवलपुर,लमजुङ ,गोरखा र तनहुँका खेलाडीलाई मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियोे । कार्यक्रममा सहयोग पुर्‍याउने कास्की लमजुङ तनहुँ जिल्ला तथा बयवसायीलाई प्रशंसाा पत्रद्वारा सम्मान गरिएको थियोे ।

प्रमुख अतिथिको मन्तव्य राख्दै मोहन कुमार सुनारले हामीले २०७४ सालमा बिधान संसोधन गरेर सबै जिल्ला नगर संघको पहुँच पुर्‍याउन प्रदेश महासंघ बनाएको हो, सबै जिल्लामा समान प्रतिनिधि चयनको ब्यवस्था बिधानमा छ,भन्नुभयो । यस्ता कुराले प्रदेश मार्फत जिल्ला नगर बलियो बन्छ । यो कुरा जिल्ला नगरले बुझ्नुपर्छ । समय सापेक्षित प्रदेश महासंघलाई मजबुत बनाउदै लानुपर्छ । यहाँ जे कुरा आईरहेको छ त्यो गम्भीरता पुर्वक नलिएर हो । अब जिल्ला नगर हेर्ने प्रदेशले हो महासंघले नीति नियम ,कार्यबिधि ,कानुन बनाउन सरकारलाई घचघच्याउने र सहयोग गर्ने र धेरै सेवा माग गर्ने हो । निजि क्षेत्रलाई बिकास गर्न नसके ब्यवसायीका हक अधिकार गुम्छन । त्यसैले प्रदेश बलियो भएमा जिल्ला नगर र महासंघ बलियो हुन्छ । बिधान अनुसार स्थापित जिल्ला नगरले महासंघको निर्णय मान्दिन भनेर हुदैन ।

शुल्कको बारेमा छलफल गर्न सकिन्छ । प्रदेशले आफ्ना कृयाकलापले पनि आर्थिक रुपमा सम्पन्न हुनुपर्छ । अहिले कर भ्याट र सरकारी अकर्मण्यता का कारण ब्यवसायी अस्पष्ट छन अब छिटै सबै समस्या समाधान गर्न सरकारलाई सचेत गराउनु पर्ने बिचार राख्नुभएको थियोे ।
बिशिस्ट अतिथिका रुपमा गण्डकी प्रदेश सभा सदस्य माननीय डिलमाया बिश्वकर्माले म पनि ब्यवसायी भएको हुदा हामी समस्यामा छौं ,गण्डकी प्रदेश स्थापना देखिनै यश प्रदेशका ब्यवसायीहरुले प्रदेशको न्यानो माया पाईरहेका छन । कोविडको महामारीमा बिरामीलाई बचाउने कार्यमा उदाहरणीय कार्य गरेको थियोे । म गण्डकी प्रदेश सभाबाट ब्यवसायीहरुलाई चाहिने ओैजार शिपबिकासका तालिम नीति नियम बनाउने लगायतका बिषयमा सहयोग गर्न सकिने र आबश्यक पहल गर्नेछु भन्नुभयो । त्यसैगरी बिशिस्ट अतिथि डि यश पि श्रवण बिश्वकर्मा ले कानुन सबैले बुझ्नुपर्छ ,जान्नुपर्छ । परिसकेपछि थाहा छैन भनेर सुख पाईदैन ।

ब्यवसायलाई मर्यादित बनाउने ब्यवसायीले नै हो त्यसैमा चन्द्र किशोर गौतम जस्तो सभापति पाउनु भएको छ । उहाँको संगतले मलाई पनि उर्जा मिल्छ । उहाँको योजनामा जिल्ला प्रहरी कार्यलय कास्कीमा सुनचाँदी हेल्पडेक्स रहेको हो मैले सानो सहयोग मात्रै गरेको हु ।ब्यवसायीलाइ सहयोग गर्न सधैं तयारी छौँ भन्नुभयो । महासंघका सचिव निर्मल दियालीले प्रदेशले गरेका सकारात्मक ,ब्यवसायी हितका कुराहरु महासंघले ग्रहण गर्नुपर्छ । महासंघले गरेका निर्णयहरु लागू हुन्छन् । तिनै तहको संगठनलाई मजबुत बनाउछौ भन्नुभयो ।
कार्यक्रममा जिल्ला नगरको तर्फबाट तनहुँ जिल्ला अध्यक्ष हरी गहतराज,सल्लाहकारको तर्फबाट केश बहादुर सुनार , केन्द्रीय सदस्यका तर्फवाट ठाकुर बि पौडेल , हिम बहादुर बिश्वकर्माले बोल्नु भएको थियोे ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्य राख्दै चन्द्र किशोर गौतमले ब्यवसाय हितमा प्रदेश महासंघ निरन्तर रुपमा लागि परेका छौँ । जिल्लासंघका पक्षमा छौँ , जिल्ला संघहरुलाई प्रोत्साहन गर्दै छौ यश पटक तनहुँ जिल्लाको बन्दीपुरमा साधारणसभा कार्यक्रम राखेका छौं ।जिल्ला नगर र महासंघको पुलको रुपमा काम गर्दै छौँ । सबै जिल्लका समस्या गतिविधिमा सामेल छौँ र महासंघका बिबिध कार्यमा सहभागी हुन्छौँ । यस्तै कार्य गर्नका लागि प्रदेश महासंघको स्थापना भएको हो । यसको मर्म कसैले बिर्सनु हुदैन । हाम्रो महासंघ निजि क्षेत्रको शशक्त महासंघको रुपमा बिकास गर्नुपर्छ । त्यसका लागि एकता आबश्यक छ ,हामीले चालेका कदमलाई जिल्ला नगरले सहयोग गरिरहनु भएको छ त्यस कारण तपाईं बधाईको पात्रलाई बधाई छ भन्नुभयो । कार्यक्रम महासचिव मनबहादुर लामगादेले संचालन गर्नुभएको थियोे भने धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष कृष्ण बहादुर बिश्वकर्माले गर्नुभएको कार्यक्रममा ११० जना प्रतिनिधि ,पर्यवेक्षक अतिथि गणको उपस्थितिमा कार्यक्रम भएको थियोे ।