
सुनाखरी न्युज/ काठमाडौं ।
बलात्कार आरोप लागेका कलाकार सागर लम्साल ‘बले’लाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो। लम्सालमाथि बलात्कारको गम्भीर आरोप लागेको छ। सोही आरोपका सम्बन्धमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको एसएसपी थापाले बताए।
बलात्कारको आरोप लागेसँगै लम्साललाई उनी छायांकनरत चलचित्र ‘पाँच पाण्डव’ बाट पनि निष्कासन गरिएको छ। चलचित्रको निर्माण ब्यानर कालारानी फिल्मस् प्रालिले शुक्रबार नै विज्ञप्ति जारी गरेर उनलाई निष्कासन गरिएको जानकारी दिएको हो।
अमेरिकामा बस्ने ती युवतीले बलेले आफूलाई बलात्कार गरेको आरोप सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन् । उक्त घटनाको बारेमा सोधपुछका लागि बलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।