२०८३ बैशाख १० , बिहिवार

शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ

Shankar-Agrawal

सुनाखरी न्युज/ काठमाडौं ।

शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले शुक्रबार अग्रवाललाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

अग्रवालसँग सम्पत्ति शुद्धीकरण विभागले दिउँसो ४ बजेबाट बयान लिएर अहिले राति नेपाल प्रहरीको जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ ।

 

ललितपुर परिसरका प्रवक्ता एसपी गौतम मिश्रले अग्रवाल परिसरको हिरासतमा रहेको पुष्टि गरे ।