२०८३ बैशाख १० , बिहिवार

‘दिमाग घोच्ने मान्छे’ अब आधिकारिक रूपमा डी गो प्लेटफर्ममा प्रदर्शन

dimag-ghochne-manche_press-release

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालका दूरदर्शी चिन्तक र राजनीतिक सुधारक स्व. उज्वल थापाको जीवनयात्रामा आधारित बहुप्रतिक्षित वृत्तचित्र दिमाग घोच्ने मान्छे अब आधिकारिक रूपमा डीगो ओटीटी प्लेटफर्ममा हेर्न सकिने भएको छ।यस वृत्तचित्रको प्रदर्शनबाट संकलन हुने आम्दानीको मुख्य अंश ‘उज्वल थापा फाउन्डेसन’ लाई प्रदान गरिने निर्माण पक्षले घोषणा गरेको छ ।

यस पहलले उज्वल थापाले सुरु गरेको सामाजिक तथा नागरिक अभियानहरूलाई संस्थागत रूपमा निरन्तरता दिन थप सहयोग पुग्ने विश्वास लिइएको छ । ओटिटी प्लेटफर्म डिगोमा १९९ नेपाली रुपैयाँमा हेर्न सकिनेछ। अमेरिका र अस्ट्रेलियामा ४.९९ डलर र अन्य ठाउँमा २.९९ डलरमा हेर्न सकिनेछ।

उज्वल थापाले सुरू गरेको सामाजिक तथा नागरिक अभियानलाई संस्थागत रूपमा निरन्तरता दिन थप सहयोग पुग्ने निर्माताले बताएको छ।‘दिमाग घोच्ने मान्छे’ले उज्वल थापाको बाल्यकाल, अमेरिकाको शिक्षा र नेपाल फर्किएपछि उद्यमशीलता मार्फत देश परिवर्तन गर्न उनले गरेको संघर्षलाई केलाएको छ।

दुर्लभ भिडियो फुटेज र उनका साथीहरू, सहयात्रीहरू तथा आलोचकहरूको अनुभव मार्फत यो वृत्तचित्र बनाइएको छ।यो फाउन्डेसन उज्वल थापाको विचार र सपनाहरूलाई जीवित राख्न स्थापना गरिएको हो, जसले विशेषगरी युवा नेतृत्व विकास, वैकल्पिक राजनीति र नागरिक सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको छ।