२०८३ बैशाख १० , बिहिवार

नेपाल प्रहरीमा विभिन्न पदका लागि नयाँ भर्ना खुल्यो

nepal-Police

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल प्रहरीले ठूलो संख्यामा भर्ना खोलेको छ । प्रहरीले प्राविधिकतर्फ प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरुमा ४ सय भन्दा बढी संख्यामा भर्ना खुलाएको हो ।

जसमा इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, अटोमोबाइल र आर्किटेक्ट जस्ता क्षेत्रहरू समावेश छन्। त्यसैगरी विधि विज्ञानतर्फ बायोलोजी र रसायन, तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट र सीएमए लगायतका प्राविधिक जनशक्ति माग गरिएको छ। कुल संख्यामध्ये प्राविधिक प्रहरी जवानतर्फ २८० जना र अन्य विभिन्न पदमा १२९ जनाका लागि भर्ना खुलाइएको हो।

दरखास्त दिने म्याद प्रहरी नायव उपरीक्षकदेखि सहायक निरीक्षकसम्मका पदका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म तोकिएको छ।प्राविधिक प्रहरी जवान पदका लागि भने चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ।