
सुनाखरी न्युज/ काठमाडौं ।
रास्वपा सांसद आशिष गजुरेल साइकल चढेर संसद भवन गएका छन् ।
सार्वजनिक यातायात पूर्वाधार विज्ञसमेत रहेका गजुरेल निर्वाचनपछिको पहिलो संसद बैठकमा सहभागी हुन साइकल चढेर सिंहदरबार गएका हुन् ।
उनले सम्भव भएसम्म हिँड्न, नभए सार्वजनिक यातायात चढ्न सुझाव समेत दिएका छन् ।उनी सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन् ।