२०८३ बैशाख १० , बिहिवार

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, पेसमेकर परिवर्तन

parash-shah

सुनाखरी न्युज/ काठमाडौं । 

पूर्वयुवराज पारस शाहलाई उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ। बिहीबार बिहान उनलाई अस्पताल ल्याइएको हो।

नियमित जाँचका निम्ति उनलाई अस्पताल भर्ना गरिएको सुरक्षा स्रोतले जनाएको छ । उपचारमा संलग्न चिकित्सका अनुसार बिहीबार बिहान पेसमेकर फेरिएको हो ।‘मुटुमा समस्या भएको कारणले बैंककमा पेसमेकर हालिएको थियो,’ ती चिकित्सकले भने, ‘ उक्त उपकरणको ब्याट्री सकिएकाले त्यसलाई परिवर्तन गरिएको हो ।’

चिकित्सकका अनुसार शाहको मुटु कमजोर भएपछि पेसमेकर शरीरमा राखिएको हो । ‘अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर छ । दुई तीन दिनमा डिस्चार्ज गर्न सकिन्छ,’ ती चिकित्सकले भने ।

शाह यसअघि पनि पटक–पटक हृदयाघात  ( हर्टअट्याक )  को समस्या भोगिसकेका छन्। सोही कारण उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै चिकित्सकको निगरानीमा उपचार भइरहेको बताइएको छ।