२०८३ बैशाख १० , बिहिवार

चन्द्रमातर्फ उड्यो ओरिअन यान

artemis-2-0242026032339-1000×0

सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी वैज्ञानिक अनुसन्धान संस्था नासाको ‘आर्टेमस सेकेन्ड मिसन’ अन्तर्गत फ्लोरिडाबाट चारजना वैज्ञानिक अन्तरिक्षतर्फ प्रस्थान गरेका छन् ।

यस यात्राको पूर्ण अवधि १० दिनको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट स्थानीय समय अनुसार बुधबार साँझ ६:३५ बजे (नेपाली समयअनुसार बिहिबार बिहान साढे ४ बजे) आर्टेमिस-२ अभियान सफलतापूर्वक प्रक्षेपण गरेको छ । यसले झण्डै पाँच दशकपछि मानवलाई पुनः चन्द्रमातर्फ पठाएको छ ।

फ्लोरिडाबाट लन्च गरिएको ओरिअन क्याप्सुल नाम अत्याधुनिक यानमा रीड वाइजम्यान, भिक्टर ग्लोभर र क्रिस्टिना कोच, क्यानेडियन अन्तरिक्ष एजेन्सीका अन्तरिक्ष यात्री जेरेमी ह्यान्सन छन् ।

मिशन सफल भएपछि ह्यान्सन चन्द्रमा आसपास पुग्ने पहिलो क्यानेडेली बन्नेछन् । यो यान आगामी २४ घण्टासम्म पृथ्वीको कक्ष आसपास नै रहनेछ । यसक्रममा वैज्ञानिकहरुले चन्द्रमाको अवस्था नियाल्नेछन् र जानु ठिक भएपछि मात्रै जाने छन् ।

मिशनका सदस्य सुरक्षित र उच्च मनोबलमा रहेको नासाले जनाएको छ ।