२०८३ बैशाख १० , बिहिवार

खाजा समयमा पनि सेवा सञ्चालन गर्ने ललितपुर जिल्ला अदालतको निर्णय

1775023927-WdZ9L

 

  सुनाखरी न्युज/ काठमाडौं । 

ललितपुर जिल्ला अदालतले खाजाको समयमा पनि सेवाग्राहीलाई सेवा दिने भएको छ। अदालतको प्रशासन शाखाले एक सूचना जारी गर्दै चैत १७ गतेदेखि लागू हुने गरी खाजा खाने समयमा पनि अदालतको कामकारबाही नरोकिने व्यवस्था मिलाएको जनाएको हो।

‘यस अदालतमा कार्यरत कर्मचारीहरुका लागि दिउँसोको खाजा समय प्रत्येक आईतबारदेखि बिहीबारसम्म १ः३० बजेदेखि २ः३० बजेसम्म र शुक्रबार १ः०० देखि २ः०० सम्म तोकि सो समयमा अदालतको सेवा प्रवाह रोकावट हुने गरेकाले आज मिति २०८२/ १२ / १७ देखि अदालतको खाजा समयमा समेत कुनै रोकावट नगरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको व्यहोरा सम्पूर्ण सेवाग्राहीको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

‘खाजा समय’ भनेर कर्मचारीका लागि सहज अवधि छुट्याइए पनि एकैसाथ कर्मचारीले कुर्सी छोडेर हिँड्दा कर, यातायात, मालपोत, नापी, जिल्ला प्रशासन, इलाका प्रशासन, राहदानी विभाग र स्थानीय तहका कार्यालयमा सेवा लिन जाने सेवाग्राहीहरुले सास्ती भोगिरहेका थिए ।तर, अब नयाँ व्यवस्था लागू भएसँगै सेवाग्राहीले खाजा समय सकिने पर्खाइमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ। अदालतले सूचनामार्फत खाजा समयमा समेत कुनै रोकावट नगरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको प्रष्ट पारेको छ।