
सुनाखरी न्युज/ काठमाडौं ।
सहकारी ठगी मुद्दाका फरार प्रतिवादी पुरुषोत्तम पहाडीलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ।
उनीविरुद्ध सहकारी तथा गरिबी निवारण मन्त्रालय हेटौडाको पत्र र सुनिता कुमारी श्रेष्ठ लगायतको जाहेरीका आधारमा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । पहाडीले १ करोड ६२ लाख ६५ हजार ९२० रुपैयाँ ठगी गरेको पाइएको छ ।
पक्राउ परेका पहाडीलाई ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।