
सुनाखरी न्युज/ काठमाडौँ ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत भोलिदेखि अनिवार्य अवकाश हुँदैछन् । राउत ६५ वर्षे उमेर हदका कारण भोलिदेखि अवकाशमा जान लागेका हुन् ।
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले प्रधानन्यायाधीश राउत आज अदालतमा उपस्थित हुने र भोलिबाट अनिवार्य अवकाशमा जान लाग्नु भएको बताए ।
उनको अवकाशसँगै सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा रहनेछिन् ।