
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ हजार ७ सय रुपैयाँ र चाँदी १ सय ४५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९० हजार २ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८ सय ४५ कायम भएको छ ।
छापावाल सुनको मोल सोमबार प्रतितोला २ लाख ८३ हजार ५ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
गत आइतबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ७ सय २० रुपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ५ सय ६० र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।