२०८३ बैशाख १० , बिहिवार

नागढुंगा-मुग्लिन सडक ३ दिन रातको समयमा बन्द

Narayangad-Mugling-Sadak (1)

सुनाखरी न्युज/ काठमाडौं ।

नागढुंगा-मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने भएको छ ।

सडक स्तरोन्नति गर्न आजदेखि १९ चैतसम्म राति ६ घण्टा बन्द गरिएको हो ।

 

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायातका साधन बन्द गरिएको जानकारी दिएको छ ।

पटक–पटक सवारी आवागमन बन्द गर्दा यात्रामा कठिनाइ भोग्नुपरेको भन्दै आयोजनाले अत्यावश्यक बाहेक सबै सवारीसाधन रोक्ने निर्णय गरेको हो ।