
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल एयरलाइन्सले कर्णाली प्रदेशका राजधानी सुर्खेतबाट सिमकोटका लागि उडान सुचारु गरेको छ ।
यसअघि पटक पटक उडान रद्द हुँदै आएकोमा सोमबार नेपाल एयरलाइन्सले सुर्खेतबाटबाट सिमकोटका लागि आफ्नो सेवा सुचारु गरेको हो ।
सोमबार पहिले जसरी सुर्खेत सिमकोट उडान भरेर एयरलाइन्सले बाह्र जना यात्रु ओसारेको थियो भने सुर्खेतबाट सिमकोट १३ जना यात्रुलाई सेवा प्रदान गरेको नेपाल एयरलाइन्स सिमकोट शाखाले जनाएको छ ।