२०८३ बैशाख ११ , शुक्रवार

हर्क साम्पाङलाई कसले दियो ज्यान मार्ने धम्की?

Hark-sangpan-e1764292503592

 

सुनाखरी न्युज/ काठमाडौं । 

श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी  ( रास्वपा ) का कार्यकर्ताले आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की दिएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत साम्पाङले ज्यान मार्ने र घर जलाउने धम्की दिने रास्वपाका कार्यकर्ताविरुद्ध उजुरी दिने बताएका छन् ।

उनले रास्वापाका कार्यकर्ता सुनिता खड्काको तस्बिर पनि सार्वजनिक गरेका छन् । उनले राखेको स्क्रिन सटमा ‘सुनिता खड्का’ नामको आईडी रहेको छ । उनले धम्की दिनेविरुद्ध आजै सीआईबीमा उजुरी दिने तयारी गरिरहेको बताए । आफूले प्रतिपक्षको भूमिका निभाइरहेको सन्दर्भमा यस्तो धम्की आएको साम्पाङले बताएका छन् ।

उनले थप प्रश्न गरेका छन् कि, सरकार एक पक्षीय दादागिरीमा छ भने देशमा अराजकता बढ्नेछ । साथै, उनले संसद बैठक बोलाएर सरकारको कामप्रति प्रतिपक्षले प्रश्न सोध्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने माग पनि गरेका छन् ।