२०८३ बैशाख ११ , शुक्रवार

प्रधानमन्त्री शाह सांसदहरूसँगको छलफलमा

balen-e1684685164446

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदहरूसँग छलफल अघि बढाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रधानमन्त्री शाहले सोमबार  छलफल थालेका हुन् ।

उनका सचिवालयका अनुसार, अहिले कर्णाली प्रदेशका सांसदहरूसँग छलफल चलिरहेको छ । छलफलमा सबै दलका सांसदहरू सहभागी रहेको सचिवालयले जानकारी दिएको छ ।

 

आजै अन्य प्रदेशका सांसदहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ ।

प्रदेश अनुसार समूहगत रुपमा छुट्टाछुट्टै छलफल गर्ने तयारी प्रधानमन्त्री बालेको छ ।