
सुनाखरी न्युज/ काठमाडौं ।
नयाँ सरकार गठन भएपछि खुलेको पहिलो दिनको सेयर बजार ७१ अंक घटेको छ । सो अंक घटेसँगै नेप्से २९ सयमुनि झरेको छ । बजार आज २८७९ मा कायम भएको छ ।
बजार खुलेपछि आज निरन्तर ओरालोमा रह्यो । बजार घटे पनि कारोबार रकम बढेको छ । गत बिहीबार १३ अर्ब १६ करोडको कारोबार भएकोमा आज १५ अर्ब ३ करोडको भयो । ९ कम्पनीको मूल्य बढ्दा २५६ को घट्यो भने एउटाको स्थिर रह्यो ।
बजारका सबै समूहगत सूचक घटेका छन् ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।
नयाँ सरकार बनेपछि बजारमा उत्साह थपिने धेरैको आश थियो । सरकारले निजी क्षेत्रमैत्री केही निर्णय पनि गरिसकेको थियो ।