२०८३ बैशाख ११ , शुक्रवार

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

kp-2-e1774673202567

 

सुनाखरी न्युज/ काठमाडौं ।
हृदयको धडकन असामान्य भएको समस्याका साथ हिजो शनिबार अस्पताल भर्ना हुनुभएका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी  ( एमाले ) का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा हुनुहुन्छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अध्यक्ष ओलीको स्वास्थ्यस्थितिबारे केहीबेरअघि एक विज्ञप्ति जारी गर्दै उहाँ चिकित्सकको अवलोकन एवं निगरानीमा रहनुभएको जनाएको छ ।

“हाम्रो चिकित्सक टोलीद्वारा उपचार व्यवस्थापन भइरहेको छ”, अस्पतालले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ । (रासस)