२०८३ बैशाख १० , बिहिवार

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न गृहले पठायो प्रहरी परिसरमा

Pratibedan Jenji

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि काठमाडौं जिल्ला प्रहरी परिसरलाई बुझाएको छ।

उक्त प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयबाट परिसरलाई हस्तान्तरण गरिएको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए।

भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएका घटना छानबिन गर्न बनेको उक्त आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीको सरकारलाई नै आफ्नो प्रतिवेदन बुझाएको थियो।

 

‘हामीलाई जाँचबुझ आयोगको प्रतिवेदन गृह मन्त्रालयबाट प्राप्त भएको छ। त्यसै अनुसार कारबाही अघि बढाएका छौं,’ एसएसपी थापाले  भने।