
सुनाखरी न्युज/ काठमाडौं ।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरू शपथ ग्रहणका लागि सिंहदरबारस्थित नव निर्मित संसद भवन परिसरमा भेला भएका छन् ।
सबै सांसदले ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीसँग पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ ।
विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू परम्परागत पोशाक तथा औपचारिक पहिरनमा संसद भवन पुगेका हुन्। शपथ कार्यक्रममा सहभागी हुन सांसदहरू सिंहदरबारस्थित संसद् भवनमा धमाधम पुगिरहेका छन् ।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिनेछन् ।


