२०८३ बैशाख १० , बिहिवार

साम्बाको घुँडाको सफल शल्यक्रिया

samba

  सुनाखरी न्युज / काठमाडौं ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल भएको छ।
उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत अकल्यान्ड, न्युजिल्यान्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया गरिएको जानकारी दिएकी हुन्।  साम्बाले सामाजिक सञ्जालमा एक तस्वीर पोस्ट गर्दै न्युजिल्यान्डको अकल्यान्डमा डाक्टर साइमन र उनको टोलीले शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको बताएकी हुन् ।

उनले लेखेकी छिन्– ‘खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेकै कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि त्यहाँकै सुझावअनुसार न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट मेरो शल्यक्रिया गरिएको छ, स्थिति सामान्य हुनेबितिक्कै रिह्याब एस्पेटारमा निरन्तरता दिने जानकारी सबैमा गर्दछु।’खाडी क्षेत्रमा देखिएको असहज अवस्थाका कारण कतार पुग्न समस्या भएपछि विशेषज्ञको सल्लाहमा न्युजिल्यान्डमै शल्यक्रिया गरिएको उनले स्पष्ट पारिन्।

कठिन समयमा साथ र सहयोग गर्ने वेलिंगटन र अकल्यान्डमा रहेका नेपाली समुदायप्रति उनले आभार व्यक्त गरेकी छन्। साथै आफ्नो क्लब वेलिंगटन फिनिक्स र व्यवस्थापन टिमले शल्यक्रियाको व्यवस्था मिलाउन गरेको सहयोगप्रति पनि धन्यवाद दिइन्।