२०८३ बैशाख १० , बिहिवार

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

5fb766e81eece_gold_price

सुनाखरी न्युज / काठमाडौं ।

स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले घटेको छ।

मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँ तोकिएको छ। यसअघि सोमबार सुन प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य ओरालो लागे पनि चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ। सोमबार प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ८० रुपैयाँले बढेर चार हजार ५०५ रुपैयाँ पुगेको छ।