२०८३ बैशाख १० , बिहिवार

एकैदिन सुनको मूल्य तोलामा साढे ६ हजारले घट्यो, कति पुग्यो ?

Gold Silver

 

सुनाखरी न्युज/काठमाडौं । 

सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ एक साताकै अवधिमा ३४ हजार रुपैयाँ घटेको छ ।

सोमबार चाँदीको भाउ तोलामा ११५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ४ हजार ४२५ रुपैयाँमा झरेको छ ।