२०८३ बैशाख १० , बिहिवार

सोमबारको राशिफल : तपाईको लागि आजको दिन कत्तिको फलदायी रहला ?

mangalbarko-rashifal-1024×576

सुनाखरी न्युज/काठमाडौं । 

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ): आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । बौद्धिकताको प्रयोग गरी धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । औद्योगिक क्षेत्र तथा सेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): राजनीति तथा समाजसेवामा जनताको साथ र समर्थन पाइनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक क्षेत्र बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ र नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा): समय मध्यम रहेकोले पढाइ लेखाइमा सोचेजस्तो प्रगति नहुन सक्छ । खानपान र बाहिरी वातावरणको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा केही असमझदारी वा विश्वासघात हुन सक्छ । काम गर्दा सावधानी अपनाउनुहोला ।

 

  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो): व्यापार तथा पुँजी बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । भौतिक तथा भोगविलासका सामानहरू प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । विद्यार्थी वर्गका लागि आजको दिन अत्यन्तै फलदायी रहनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा वा स्थानान्तरणको सम्भावना छ । व्यापार, उद्योग र सेयर बजारबाट मनग्गे लाभ मिल्नेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । अध्ययनका लागि यात्राको योग छ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): राम्रा र परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्याहरू समाधान भएर जानेछन् । खोज तथा अनुसन्धानको क्षेत्रमा सफलता मिल्नेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते): आफन्त तथा दिदीबहिनीसँग स-साना कुरामा मनमुटाव हुन सक्छ । घमण्ड गर्ने बानीले आफैँलाई समस्यामा पार्न सक्छ । आर्थिक मुद्दाहरू थप जटिल बन्न सक्छन् । तर पनि, नसोचेको धन वा सम्पत्ति प्राप्त हुने योग छ ।
  • वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू): व्यापार वा सेयर बजारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । व्यापारिक सिलसिलामा लामो दुरीको यात्रा हुन सक्छ । लगनशीलता र इमानदारिताले दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ ।

 

  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): समय अनुकूल छ, मन परेको मानिसबाट उपहार प्राप्त हुने योग छ । पुराना प्रेम सम्बन्धहरू पुनः     सुचारु हुन सक्छन् । न्यायिक निर्णयहरू तपाईंको पक्षमा आउनेछन् पुँजी बजारबाट राम्रो लाभ मिल्नेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): शुभचिन्तक तथा आफन्तको सहयोगले उपलब्धिमूलक कामहरू हुनेछन् । बौद्धिक क्षमता बढ्नेछ । शिक्षा तथा सेयर बजारको लगानीबाट राम्रो धन आर्जन हुनेछ । प्रेममा सफलता मिल्नेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा): आफन्त तथा साथीभाइसँग राय नमिल्दा केही काम प्रभावित हुन सक्छन् । घरजग्गा र सवारी साधनको कारोबार गर्दा सावधानी अपनाउनुहोला । यद्यपि, अध्ययन र खोजमूलक काममा रुचि बढ्नेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): आफ्नो प्रतिभा प्रदर्शन गरेर अरूको मन लोभ्याउन सकिनेछ । सानो लगानीबाट पनि राम्रो लाभ लिन सकिनेछ । पढाइ लेखाइमा सुधार हुनेछ । माया प्रेममा विश्वास बढ्नेछ ।

तपाईँको दिन शुभ रहोस्