२०८३ बैशाख ११ , शुक्रवार

कपिलवस्तुमा दुई समुदायको झडप रोक्न लगाइयो निषेधाज्ञा

nisisita

 

 

सुनाखरी न्युज/काठमाडौं ।

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको बर्गदा गाउँमा शनिबार बिहान दुई समुदायबीच भएको विवादले उग्ररुप लिँदै असहज अवस्था बन्न थालेपछि स्थानीय प्रशासनले आइतबार निषेधाज्ञा क्षेत्र थपेको छ ।

निषेधाज्ञा लागु गरिएका क्षेत्रहरूमा पूर्वमा लबनी चोक, पश्चिममा बर्दघाटको पुल, उत्तरमा पचेहरा चोक र दक्षिणमा धर्मभक्त माध्यमिक विद्यालय, भनी क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन ।

अहिले जिल्लाको सदरमुकाम तौलिहवा बजार बन्द रहेको छ । बिहानदेखि नै बजार खुलेका छैनन् ।