२०८२ चैत्र ६ , शुक्रवार

आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल !

mangalbarko-rashifal-1024×576

 

सुनाखरी न्युज/ काठमाडौं ।  

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,लेनदेनको विवादले आत्म सम्मानमा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । यात्रा हुने भए पनि यात्राको क्रममा दुःख पाइनेछ । भौतिक तथा बिलासी वस्तु हराउन सक्छ ख्याल गर्नुहोला । विदेशी सामानको व्यापार गर्नेहरूका लागी समय राम्रो रहेको छ ।  प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
  • वृष (,,,,वा,वी,वू,वे,वो)मन परेको मानिसबाट चिट्ठा तथा उपहार पाइने हुँदा मन प्रफुल्लित हुनेछ । आफन्त तथा अग्रजबाट काममा सहयोग तथा उचित सल्लाह पाइनेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था सुदृढ हुनेछ ।
  • मिथुन (का,की,कू,,,,के,को,हाराज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरिने कामबाट मनग्गे फाइदा हुनेछ । व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डोउत्तम वस्त्र,  मन पर्ने तथा बिलासी वस्तु हात लागी हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा संस्कार संस्कृतिको जगेर्ना गर्ने काममा समय व्यतीत हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

 

  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)पुराना समस्या पुनह दोहोरिनाले अलमलमा नै समय व्यतीत हुनेछ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्दा केही समयको लागी बिछोड हुन सक्छ । खानपान तथा मौसमको ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिनेछ ।
  • कन्या (टो,पा,पी,पू,,,,पे,पो)बौद्धिकता तथा विवेकको प्रयोग मार्फत काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । साझेदारी व्यवसायबाट मनग्गे धन लाभ हुने तथा पारिवारिक भेटघाटमा मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । विपरीत लिङग प्रतिको आकर्षण बढेर जानेछ भने बिलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान केन्द्रित गर्न सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,तेसमय राम्रो रहेकोले सानो प्रयत्नले उपलब्धिमूलक काम गर्न सकिनेछ । व्यापार तथा उद्योगमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । पारिवारिक माहोलामा फिल्म हेर्न तथा मनोरञ्जनमा समय व्यतीत गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरू खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

 

  • धनु (ये,यो,भा,भी,भू,,फा,ढा,भे)घर जग्गा तथा पैतृक सम्पत्तिमा विवाद बढ्ने ग्रहयोग रहेको छ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घटना घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईँको प्रभाव कमजोर भएर जानेछ । व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुने हुँदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला ।
  • मकर(भो,जा,जी,जू,जे,जो,,खी,खू,खे,खो,गा,गीउद्योग तथा उत्पादनमूलक व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरीको उपलब्धिमूलक यात्राको तय गर्न सकिनेछ । पुराना विवादित विषयहरू हल भएर जानेछन् । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)बोल्दा ख्याल गर्नुहोला समय मध्यम रहेको छ । आफन्त तथा इष्टमित्रसँग मनमुटाब बढ्नेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी माग्ने तथा अनावश्यक ठाउँमा खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई शङ्का गर्नाले मनमुटाब बढ्नेछ ।
  • मीन(दी,दू,,,,दे,दो,चा,चीव्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सङ्ग्रह गर्न सकिनेछ । विद्यार्थीहरूले मेहनत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

तपाईँको दिन शुभ रहोस्