
सुनाखरी न्युज/ काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले शुक्रबार र शनिबार लुम्बिनी र कोशी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने भन्दै सतर्क रहन सुझाव दिएको छ ।
विभागले बिहीबार मौसम पूर्वानुमान गर्दै चैत ६ गते शुक्रबार लुम्बिनीका दाङ र बाँकेको नेपालगन्ज सहितका स्थानमा तीव्र हावाहुरी चल्ने जनाएको हो ।
त्यसैगरी विभागले शनिबार कोशी प्रदेशका मोरङको विराटनगर, धनकुटा र धरान आसपासका क्षेत्र तथा जिल्लाहरूमा पनि तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ ।
हावाहुरीको गति झन्डै ३३ मिटर प्रति सेकेन्ड ९करिब ११९ किलोमिटर प्रतिघण्टा० पुग्न सक्ने विभागको अनुमान छ ।