२०८२ चैत्र ५ , बिहिवार

द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँस्थित विभिन्न दूतावासअगाडि शान्ति प्रदर्शन

Protest-Infront-of-US-Ambessy-_-932-scaled-1

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिका, इजरायल र इरानबीच जारी तनावले विश्व शान्ति खलबलिएको भन्दै काठमाडौँमा प्रदर्शन भएको छ। युद्ध तत्काल अन्त्य हुनुपर्ने माग राख्दै मानव अधिकार तथा शान्ति समाजले बिहीबार एकैदिन तीनवटै देशका कूटनीतिक नियोगअगाडि प्रदर्शन गरेको हो।

समाजले महाराजगञ्जस्थित अमेरिकी दूतावास, लाजिम्पाटमा रहेको इजरायली दूतावास तथा दरबारमार्गस्थित याक एन्ड यति होटेल परिसरमा रहेको इरानी कन्सुलेट अगाडि प्रदर्शन गर्दै युद्ध अन्त्यको माग राखेको जनाएको छ।

शक्ति राष्ट्रहरु युद्धको पक्षपोषण होइन युद्ध अन्त्य गर्न योगदान गर, अमेरिका युद्ध रोक शान्ति कायम गर’लगायतका व्यानार बोकेर उनीहरुले शान्तिको कामना गरेका थिए ।

हाल जारी अमेरिका र इजरायल र इरानबीचको युद्धले विश्व शान्ति नराम्ररी खलबलिएको उनीहरुको भनाइ छ ।प्रदर्शनका क्रममा सहभागीहरूले युद्ध रोक्न र निर्दोष नागरिकको जीवन रक्षा गर्न विश्व समुदायलाई दबाब दिनुपर्नेमा जोड दिए। पछिल्लो समय पश्चिम एसियामा बढ्दै गएको सैन्य तनावले विश्वभर नै असुरक्षाको वातावरण सिर्जना गरेको उनीहरूको ठहर छ।