
सुनाखरी न्युज/ काठमाडौं ।
बिहीबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ५ हजार ४ सय रुपैयाँले घटेको छ ।
बजारमा सुन प्रतितोलस ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँ थियो ।
चाँदी पनि १४० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँ थियो ।