२०८२ चैत्र ४ , बुधवार

प्रधानमन्त्री कार्कीले गरिन् रुद्राभिषेक पूजा

sushila-karki-1773813155

 सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजाअर्चना गरेकी छिन् ।प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथको दर्शन गरी पूजाअर्चना गरेकी हुन् ।

मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबै तर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको बताउदै कार्कीले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना गरेकी छन्।

मुलुकभर सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी उनले पुकारा गरेको सचिवालयद्वारा जारी ‘प्रेस नोट’मा उल्लेख छ। सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले नेपालीबीच एकता, सद्भाव र आत्मीय भावना बलियो बन्दै जाओस् भनी पुकार पनि गरेकी छन्।