
सुनाखरी न्युज/ काठमाडौं ।
सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) संसदीय सदस्यको रूपमा राज्यबाट प्राप्त हुने तलब र भत्ता नलिने घोषणा गरेका छन् ।
मंगलबार पार्टीको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका सांसद गुरुङले आफूले सांसद वापत तलब भत्तासहित कुनै पनि सरकारी सेवा सुविधा नलिने बताएका छन् ।
उनले भने, ‘म तलब खान्न, किन खानु ? हामी आफैँ सक्षम छौँ।’