
सुनाखरी न्युज/ काठमाडौं ।
मध्यपूर्व तनावका कारण नेपालमा देखिएको इन्धन समस्या समाधानका लागि नेपाल आयल निगमले आफैले काठमाडौं उपत्यकामा विभिन्न कम्पनीका ग्यास बिक्री वितरण गर्ने भएको छ। निगमले उपभोक्तालाई नजिकको ग्यास डिपोमा सम्पर्क गरेर ग्यास लिन आग्रह गरेको छ।
मध्यपूर्व तनावका कारण नेपालमा पनि त्यसको असर स्वरुप ग्यास तथा पेट्रोलियम पदार्थमा असर परेको छ। निगमका अनुसार विभिन्न ७ वटा कम्पनीमार्फत २८ हजार ८४२ ग्यास वितरण गरिनेछ। यस कदमले पछिल्लो समय देखिएको ग्यास अभावलाई केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ।
१ .एभरेस्ट ग्याँस ४,०२५ सिलिन्डर
२ .गौरीशंकर ग्याँस ४,०२५ सिलिन्डर
३ .नेपाल ग्याँस १०,०३० सिलिन्डर
४. श्री ग्याँस ४,४९८ सिलिन्डर
५ .सिद्धार्थ ग्याँस १,७०८ सिलिन्डर
६ .सीताश्री ग्याँस ३,४२२ सिलिन्डर
७ .सूर्य ग्याँस २,६६१ सिलिन्डर
स्रोत : नेपाल आयल निगम