२०८२ चैत्र ३ , मंगलबार

इनिसा बिक हत्या प्रकरणको विरोधमा आज पनि प्रदर्शन

inisha-bk_VDVXXiIiA3

 

सुनाखरी न्युज/ काठमाडौं ।

इनिसा बिक हत्या प्रकरणको छानविन र दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै विभिन्न समूहहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागीहरुले इनिशाको हत्यारालाई कारबाही गर, बलात्कारको अन्त्य गर, सुरक्षित समाज निर्माण गर लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।उनीहरूले बलात्कारीलाई फाँसी दिने कानुन बनाउन माग गरेका छन् ।

त्यस्तै महिला तथा दलितमाथिको हिंसा अन्त्य गर, पिडितलाई न्याय दे लगाएतका नारावाजी गरेका थिए ।सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन्।