
सुनाखरी न्युज/ काठमाडौं ।
शिखर पावर डेभलपमेन्टको आइपीओ बाँडफाँट गरिएको छ।बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज मंगलबार बिहान सेयर बाँडफाँट गरेको हो। कम्पनीले फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीले सर्वसाधारणलाई १८ लाख ४२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा २६ लाख ८७ हजार ३ सय ४७ जनाले आवेदन दिएका थिए । जस मध्ये २६ लाख ५० हजार ८ सय ४७ जनाको आवेदन मात्र योग्य भएको छ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा १ लाख ८४ हजार २ सय ६० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् ।
यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। नतिजा धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइटका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा हेर्न सकिन्छ।