२०८२ चैत्र ३ , मंगलबार

मंगलबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

rashifal-horoscope-ratopati_vzMkZlCnIH

 

सुनाखरी न्युज/ काठमाडौं ।

मेष  ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) 

शिक्षा, बैंकिङ, कृषि र पशुपालन क्षेत्रमा लगानी गर्दा राम्रो आम्दानी हुने संकेत छ। जीवनसाथीको सहयोगले काम सफल बन्नेछ। सामाजिक सञ्जालमार्फत विचार फैलाउन सकिनेछ। मेहनतले कार्यक्षेत्रमा उपलब्धि दिलाउनेछ भने आर्थिक क्षेत्रमा सावधानी आवश्यक छ। नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन्। पढाइमा प्रगति हुनेछ र व्यापारमा नाफा बढ्ने सम्भावना छ।

वृष (, , , , बा, बि, बु, बे, बो)
व्यवसाय सुधार र समयानुकूल परिवर्तनले राम्रो आम्दानी दिलाउनेछ। परिवारसँग सुखद समय बित्नेछ र प्रेम सम्बन्ध प्रगाढ हुनेछ। पढाइ तथा प्रतिस्पर्धामा सफलता मिल्नेछ। राजनीति र समाजसेवामा समर्थन बढ्ने संकेत छ। आकस्मिक खर्च बढ्न सक्ने भएकाले सावधानी आवश्यक छ। मेहनत र शुभचिन्तकको साथले प्रतिष्ठा, अवसर र सफलता प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, , , , के, को, )
काममा अपेक्षित सफलता नआउँदा मानसम्मानमा कमी र आलोचना बढ्न सक्छ। स्वास्थ्य कमजोर हुँदा उपलब्धि प्रभावित हुनेछ। यात्रामा कष्ट भए पनि राजनीति र सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ। विद्यार्थीमा प्रगति हुनेछ तर ढिलासुस्ती र अवरोध देखिनेछ। खर्च बढ्न सक्छ र काम ढिला पूरा हुनेछ। सावधानी र धैर्यले भविष्यका अवसर खोज्न सकिनेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारमा मन्दीले आर्थिक अवस्था कमजोर हुन सक्छ र आम्दानी न्यून रहनेछ। सम्बन्धमा मनमुटाब बढ्न सक्छ, त्यसैले व्यवहारमा सावधानी आवश्यक छ। व्यस्तता र स्वास्थ्य कमजोरी देखिए पनि लगानीबाट केही नाफा सम्भव छ। पारिवारिक जिम्मेवारी बढ्नेछ र सम्पत्ति सम्बन्धी काम अघि बढ्न सक्छ। चुनौतीबीच अवसर खोज्दा अप्रत्याशित उपलब्धि हासिल हुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम सम्बन्ध प्रगाढ भई रमाइलो यात्रा र पारिवारिक जमघटको अवसर मिल्नेछ। व्यापार, बैंकिङ र शेयर लगानीबाट राम्रो आम्दानी हुनेछ। पढाइ र प्रतिस्पर्धामा सफलता मिल्नेछ। नोकरीमा सहयोग प्राप्त भई रोकिएका काम सम्पन्न हुनेछन्। मेहनतले छोटो समयमै उपलब्धि हासिल हुनेछ र आम्दानी बढ्दा उत्साह थपिनेछ।

कन्या (टो, , पि, पु, , , , पे, पो)
न्यायिक निर्णय, प्रतिस्पर्धा र अध्ययनमा सफलता मिल्नेछ। व्यापार तथा शेयर लगानीबाट आर्थिक अवस्था सुधार हुँदै जानेछ र ऋण तथा स्वास्थ्य समस्या घट्ने संकेत छ। प्रेम सम्बन्ध सुदृढ भई यात्रा सम्भव हुनेछ। रोकिएका काम पूरा भई नयाँ अवसर सुरु हुनेछन्। साहस र बुद्धिले चुनौती पार गर्दै दीर्घकालीन लाभ हासिल गर्न सकिनेछ।

 

तुला (, रि, रु, रे, रो, ता, ति, तु, ते)
वंशवृद्धि र परिवारको प्रगतिले खुशी मिल्नेछ। बौद्धिक क्षेत्रमा लगानीबाट आम्दानी सम्भव छ र उपहार प्राप्त हुने योग छ। सामाजिक प्रतिष्ठा बढ्नेछ र समारोहमा सहभागिता हुनेछ। तर प्रतिस्पर्धा, अवरोध र स्वास्थ्य समस्याले चुनौती दिन सक्छ। धैर्य र सावधानीले मात्र सफलता मिल्नेछ, यात्रामा र बोली व्यवहारमा विशेष ध्यान दिन आवश्यक छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनीति र समाजसेवामा समय मध्यम रहनेछ। घरजग्गा, सवारी र पारिवारिक सम्बन्धमा मनमुटाब बढ्न सक्छ। प्रेम र स्वास्थ्यमा पनि सावधानी आवश्यक छ। करियरमा नयाँ अवसर आउन सक्छ भने व्यापारमा लाभ सम्भव छ। हतारमा निर्णय गर्दा समस्या आउन सक्छ, त्यसैले धैर्य र समझदारी अपनाउनु उपयुक्त हुनेछ।

धनु (ये, यो, , भि, भु, , फा, , भे)
साहस र पराक्रमले नाम र आम्दानी दुवै बढ्नेछ। न्यायिक निर्णय आफ्नो पक्षमा आउनेछ भने कला, साहित्य र लेखनमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ। अनलाइन व्यापार र लगानीबाट नाफा सम्भव छ। सामाजिक प्रतिष्ठा बढ्नेछ, नयाँ अवसर सुरु हुनेछन् र मेहनतले प्रतिस्पर्धामा विजय दिलाउनेछ।

 

मकर (भो, , जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्य समस्याका कारण दैनिक कामकाजमा कठिनाइ हुनेछ र पैसाको व्यवस्थापन चुनौतीपूर्ण हुनेछ। परिवार र आफन्तबाट अप्रिय समाचारले मानसिक तनाव बढाउन सक्छ। अध्ययन र प्रस्तुतीमा तयारी आवश्यक छ। व्यापार र होटल सम्बन्धी पेसाबाट नाफा सम्भव छ। धैर्य र आत्मविश्वासले जिम्मेवारी पूरा गर्न सहयोग गर्नेछ, तर हतार वा अरूको काममा चासोले समस्या निम्त्याउन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, )
नयाँ कामको अवसर र मनग्गे आम्दानी सम्भव छ। मित्र र परिवारसँग भेटघाटले खुशी बढाउनेछ। पुराना कमजोरी सुधार्दै सृजनात्मक काम गर्न सकिनेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ र साझेदारी व्यापार सफल हुनेछ। राजनीति तथा सामाजिक क्षेत्रमा पद प्राप्तिको योग छ। शुभचिन्तक र सहयोगीको साथले प्रतिष्ठा र आम्दानी दुवै बढ्ने समय छ।

मीन (दि, दु, , , , दे, दो, , चि)
स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, खानपानमा ध्यान आवश्यक छ। विदेश यात्रा र विदेशी व्यापारबाट लाभ सम्भव छ। लगनशीलताले लक्ष्य पूरा गर्न सहयोग पुर्‍याउनेछ। सन्तानको प्रगति खुशी दिनेछ। प्रेम सम्बन्ध मध्यम रहनेछ। खर्च बढ्ने र कर्जा आवश्यक हुन सक्छ, तर दिगो काम थाल्न र साथीभाइसँग सम्बन्ध बढाउन समय अनुकूल छ।