
सुनाखरी न्युज/ काठमाडौं ।
जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै जेनजी अगुवा रक्षा बमसहितको समूहले माइतीघरमा प्रदर्शन गरेको हो।
आयोगले गत २४ फागुनमा सरकारलाई जाँचबुझ प्रतिवेदन बुझाएको थियो। प्रदर्शनकारीहरूले उक्त प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन्।