
सुनाखरी न्युज/ काठमाडौं ।
अन्तर्राष्ट्रिय बजारको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिन थालेको छ। सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदीको मूल्य भने घटेको छ।
सुनको भाउ १०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो । हिजो सुनको भाउ ४ हजार ८०० रुपैयाँले बढेको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ५ रुपैयाँले घटेर तोलाको ५ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।