
सुनाखरी न्युज/ काठमाडौं ।
बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल २० लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको छ ।
सोमध्ये १० लाख ४० हजार कित्ता आयोजना प्रभावितका लागि र १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारका लागि निष्काशन गरेको हो ।आज चैत १ गतेदेखि आईपीओ बिक्री तथा आवेदन प्रक्रिया सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीलाई आफ्नो १ अर्ब ४ करोड रुपैयाँको जारी पुँजीमध्ये २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता साधारण सेयर जारी गर्ने अनुमति प्राप्त भएको छ।
यसमध्ये १० करोड ४० लाख रुपैयाँ बराबरको १० लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यी सेयरमध्ये पाँच लाख २० हजार कित्ता सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २, ३ र ४ का अत्यधिक प्रभावित क्षेत्रका स्थायी बासिन्दालाई वितरण गरिनेछ।