
सुनाखरी न्युज/ काठमाडौं ।
मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।
मृतक दुई महिला र पाँच जना पुरुष रहेका छन् । गोरखाको शहीद लखन गाउँपालिका–३ कान्टारमा हिजो बेलुका बागमती प्रदेश ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस दुर्घटना भएको हो ।
३ पुरुष र ६ महिला घाइते छ । घाइते सबैको उपचारको लागि चितवन पठाइएको छ। मृत्यु हुनेमा सबै भारतीय नागरिक छन् ।