
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल आयल निगमले आधा सिलिन्डर अर्थात् ७.१ किलो ग्यास बेच्ने भएको छ । उपभोक्ताले अनावश्यक रूपमा ग्यास भण्डारण गर्न थालेको भन्दै निगमले अनावश्यक भण्डारण रोक्न आधा सिलिन्डर मात्रै बिक्री गर्न लागेको हो । आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा अर्थात् ९५५ रुपैयाँ तोकिएको छ ।
निगमका अनुसार पछिल्लो समय मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थको विश्वव्यापी आपूर्तिमा अवरोध देखिएको छ। यही प्रभावका कारण नेपालमा पनि ग्यासको माग बढेको र आपूर्तिमा दबाब परेको बताइएको छ।
नेपाल आयल निगमले नियमित रूपमा ग्यास आपूर्ति गरिरहेको दाबी गर्दै आएको भए पनि बजारमा माग अत्यधिक बढेकाले सबै उपभोक्तासम्म ग्यास पुर्याउने उद्देश्यले अस्थायी रूपमा आधा सिलिन्डर वितरण गर्ने निर्णय गरिएको जनाएको छ।