२०८२ फाल्गुन २८ , बिहिवार

नेप्से २३ अंकले बढ्यो, कारोबार रकम १४ अर्बमाथि

nepse1678184880

 

सुनाखरी न्युज/ काठमाडौं ।

नेप्से परिसूचक २३. ८७ अंकले बढेर २८२०. ४४ को विन्दुमा पुगेको छ। आज १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ। अधिकांश सेयरमा सकारात्मक कारोबार र बजार प्रतिकृति सुधारका कारण परिसूचक माथि गएको हो।

आज १० वटा उपसूचकमा हरियाली छाउँदा ३ वटा उपसूचक भने राताम्य बन्न पुगेको छ। आज होटल तथा पर्यटन, निर्जीवन बीमा र अन्य इन्डेक्स घट्दा बाँकी १० उपसूचक भने बढ्न पुगेको छ।

आज बैंकिङ्ग उपसूचक सबैभन्दा धेरै २. ०२ प्रतिशतले बढेको छ। १९ वटै वाणिज्य बैंकको शेयरमूल्य बढ्न पुगेको छ।विभिन्न कम्पनीका सेयर कारोबारमा सहभागी भई बढि मागले बजारलाई प्रोत्साहित गरेको छ।